काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकै दिनमा ८ हजार जनाभन्दा बढी सङ्क्रमित देखिएका छन् । यो संक्रमण संख्या कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ ।
स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा ८ हजार ५७१ जना सङ्क्रमित थपिएका छन् । अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ ।
उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी संक्रमितसहित कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ७ लाख ४९ हजार भन्दा बढी पुगेको छ ।
कोरियाली रोग नियन्त्रण केन्द्रले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पनि फैलिएको छ ।
दक्षिण कोरियामा पछिल्ला दिनहरुमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको छ । सबैभन्दा बढी राजधानी सोलमा देखिने गरेका छन् । त्यस्तै बाहिरबाट आएका नागरिकहरुमा संक्रमण देखिने पनि गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया