आज २५ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः
पहिलो सौर्य उर्जाको भट्टी खुला :
सन् १९७७ मा विश्वको पहिलो सौर्य उर्जाको भट्टी खुला गरिएको थियो । फ्रान्स्को ओडेइलिोमा स्थापना गरिएको सो भट्टीले पहिलो पटक वैकल्पिक उर्जा दिएको थियो ।
युगान्डमा तानशाह इदी अमिनको उदय :
सन् १९७१ मा युगान्डका तानशाह इदी अमिनले शक्ति हत्याएका थिए । सन् १९७१ देखि १९७९ सम्म सत्ता हत्याएका एमिनको शासनकालमा मानवअधिकार उल्लंघन, राजनीतिक दमन र भ्रष्टाचार भएको थियो ।
पहिलो हिउँदे ओलम्पिक :
सन् १९२४ मा पहिलो हिउँदे ओलम्पिक सुरु भएको थियो । पहिलो हिउँदे ओलम्पिक फ्रान्सको च्यामोनिक्समा २५ जनवरीमा सुरु भएको थियो ।
लिग अफ नेसन्सको स्थापना :
सन् १९१९ मा लिग अफ नेसन स्थापना भएको थियो । लिग अफ नेसन्स राष्ट्रसंघ स्थापना हुनुअघिको अन्तराष्ट्रिय संगठन हो । विश्वमा शान्ति र सद्भाव कायम गर्ने उदेश्यले लिग अफ नेसन्स स्थपना भएको थियो । पछि लिग अफ नेसन्सको जगमा अडेर राष्ट्रसंघ स्थापना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया