काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर प्रस्थान गरेका छन् ।
प्रचण्ड, उनकी पत्नी सीता र छोरी गंगा दाहाल सिंगापुर प्रस्थान गरेका हुन् ।
प्रचण्ड पत्नी सीता दाहालको उपचारको लागि सिंगापुर प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कक्षभित्र सोफामा प्रचण्ड पत्नी सीता दाहाल सुतिरहेको तस्वीर सार्वजनिक भएको छ ।
उक्त तस्वीर प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)ले फेसबुमा शेयर गर्दै ‘शुभयात्रा’ लेखेका छन् ।
सीता सुगर, प्रेसर लगायतका विभिन्न रोगबाट पीडित छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया