काठमाडौँ : नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखको दोस्रो सम्मेलन-२०१८ मा भाग लिन अमेरिका प्रस्थान गरेका छन् ।
प्रहरी उपरीक्षक दानबहादुर कार्कीसँगै अमेरिका गएका खनालले न्यूयोर्कस्थित युएनको प्रधान कार्यालयमा अायोजना हुने सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।
यो सम्मेलनमा विश्व शान्ति तथा सुरक्षामा देखिएका चुनौतीको रोकथाममा सदस्य राष्ट्रका प्रहरीबीच सहकार्य वृद्धि गर्ने, राष्ट्रहरुबीच सुरक्षामा देखिने चुनौती तथा खतराविरुद्द संयुक्त राष्ट्र संघ तथा कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय गर्ने विषयमा छलफल केन्द्रीत हुनेछ ।
साथै, संयुक्त राष्ट्रसंघीय मिसनमा संलग्न भएका सुरक्षाकर्मीले हासिल गरेका ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा सर्वोत्तम उपयोग गर्ने र प्रहरीको क्षमता तथा योग्यता वृद्धि गरी थप प्रभावकारिता ल्याउने र भविश्यमा अन्तरदेशीय सूचना सञ्जालका लागि साझा मञ्च स्थापना गर्ने विषयमा समेत छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया