मुग्लिङ – मुग्लिङ-नारायणगढ सडकखण्डमा खसेको ढुंगा लागेर कालीखोलाको पूलमा गुडिरहेको ग १ ख ८२२८ नम्बरका ट्रक चालक कृष्ण ढुंगानाको मृत्यु भएको छ ।
तनहुँ शुक्लागण्डकी नगरपालिकाका बासिन्दा ढुंगाना ट्रक लिएर नारायणगढबाट मुग्लिङतर्फ अाउँदै थिए । ढुंगा लागेर गम्भीर घार्इते भएका उनलार्इ उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।
सडक विस्तार गरेपनि पहिरो रोकथाम र सडक सुरक्षाका उपाय नअपनाउँदा यो सडकखण्डमा दुर्घटना र पहिरोको जोखिम हट्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया