काठमाडौं । संस्थापनइतरका कांग्रेस जिल्ला सभापतिहरूले आफ्नै खेमाका नेतालाई एकताबद्ध भएर अघि बढ्न दबाब दिएका छन् । राजधानीको वनस्थलीमा आइतबार भएको कांग्रेस संस्थापनइतर रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको भेलामा उपलब्ध जिल्ला सभापतिहरूले पार्टीले बेहोरिरहेको वर्तमान संकटको अवस्थामा एकताबद्ध रूपमा अघि बढ्न आफ्नै खेमाका नेतालाई दबाब दिएका हुन् ।
उनीहरूले निर्वाचनपछि पार्टी झनै कमजोर भएको र प्रतिपक्षमा रहँदाको भूमिकासमेत खस्किएको भन्दै जिम्मेवार बन्न आफ्नै नेतृत्वलाई सुझाए ।
कांग्रेस नेता दीपक गिरीले पार्टीले भोगिरहेको वर्तमान अवस्थाको सामना एक भएर नै गर्नुपर्ने भएकाले जिल्ला सभापतिको भेलाले पार्टीभित्रको आन्तरिक एकताका पक्षमा सन्देश दिन नेतृत्वलाई सुझाएको बताए । राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया