काठमाडौंँ – साढे ३३ किलो सुन र सुनका भरिया सनम शाक्यको हत्या घटनाको छानविन गर्न गठित उच्चस्तरिय छानविन समितिको म्याद पुनः एक महिनाका लागि थपिएको छ ।
गायव भएको सुन र सुनका मालिक मोहनकुमार अग्रवालको पक्राउका लागि भन्दै समितिको समयावधि थपिएको हो । गृहमन्त्रीस्तरिय निर्णयले आइतवारबाट लागु हुने गरी समितिको समयावधि एक महिनाका लागि थपिएको जनाइएको छ । यसअघि पहिलो पटक समितिको समयअवधि २५ दिनका लागि थप गरिएको थियो ।
गत वर्ष चैत १९ गते गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलेको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । समितिले साढे ३३ किलो सुन गायन प्रकरण र सुनका भरिया सनमको हत्यामा संलग्न मुख्य अभियुक्त चुडामणि उप्रेती भन्ने गोरेसहित पूर्व तथा वहालवाला प्रहरी अधिकारी लगायत करीव ६० जनामाथि अनुसन्धान जारी छ ।
यतिका व्यक्तिहरु पक्राउ परे पनि त्रिभुवन विमानस्थलबाट दरवारमार्ग ल्याइँदै गर्दा गायव भएको ३३ किलो सुन र सुन मालिक मोहनकुमार अग्रवाल फेला पर्न सकेका छैनन् । फरार रहेका अभियुक्त मोहनकुमार अग्रवालको पक्राउसंगै गायव भएको सुन समेत पत्ता लाग्ने दावी छानविन टोलीको छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया