काठमाडौं–स्थानीय सरकारले अझै एक वर्ष कर्मचारी अभाव झेल्नुपर्ने भएको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
संघीय सरकारको सुस्त कार्यशैलीका कारण स्थानीय सरकारले आवश्यक संख्यामा कर्मचारी नपाउने भएका हुन्।
सरकारले आवश्यक कर्मचारी खटाउन पनि नसक्ने र स्थानीय तह आफैंलाई कर्मचारी भर्ना गर्न पनि नदिँदा कर्मचारी अभाव लम्बिने भएको बताइएको छ ।
कर्मचारी समायोजन, ऐनहरु निर्माण तथा प्रादेशिक लोकसेवा आयोग गठन गरेर कर्मचारी पूर्ति गर्दासम्म कम्तीमा एक वर्ष समय लाग्ने अनुमान छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया