काठमाडौं । मोरङ र कास्कीमा गरी दुई जना मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, जहदा गाउँपालिका-७ भिमपुर बस्ने ४४ वर्षीया कल्पना देबी नुनिया राजभर आफ्नै ग्वालीमा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी कास्की, पोखरा महानगरपालिका-११ रानीपौवास्थित बाँसको झ्याङ नजिक सोही ठाउँ डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २८ वर्षीय दिपक कुमार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सन्दर्भमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया