तेह्रथुम । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिरेहेका बेला तेह्रथुममा मास्क खै ? अभियान प्रभावकारी हुँदै गएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाउनले सर्वसाधारणलाई एक सय जरिवाना लिँदै अभियान सञ्चालन गरेको हो ।
बजार क्षेत्रमा मास्किवना हिँडडुल गर्ने नागरिकलाई सचेत गराउँदै अटेर गर्नेलाई एक सय रुपैयाँ कारबाही स्वरुप लिन थालेपछि कार्यक्रम प्रभावकारी बनेकोे जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरीनिरीक्षक कोमल ठाकुरले बताए ।
जिल्ला सदरमुकाम म्याङलुङ तथा जिरी, लसुने र वसन्तपुर बजार क्षेत्रमा सचेतना कार्यक्रमलाई बेवास्ता र अटेर गर्नेलाई कारबाही गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बजार क्षेत्रमा सचेतनालाई अटेर गरी हिँड्ने एक सय ३० जनालाई कारबाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिपछि १४ माघसम्म अत्यावश्यकबाहेकका काम स्थगन गरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।
जिल्लाको लालीगुराँस नगरपालिकामा पनि कर्मचारीहरूमा संक्रमण देखिपछि यही १३ माघसम्म अत्यावश्यकबाहेकका काम बन्द गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया