रोल्पा । जिल्लाको सुनिलस्मृति गाउँपालिकामा गाई काटेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सुनिलस्मृति गाउँपालिका-८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुन रहेका छन् ।
उक्त स्थानमा गाई काटी खाईरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४/४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया