काठमाडौं । मोटरसाइकल चोरी मुद्धामा फरार पूर्वप्रहरी कर्मचारी ३५ वर्षीय लालबहादुर थापामगर पुनः पक्राउ परेका छन् ।
रामेछाप टोकरपुर दोरम्वा घरभइ हाल काठमाडौंमा बस्दै आएका थापामगर प्रहरी सेवामा रहदाको समयमा चोरी सम्वन्धी अनुसन्धान गर्दा गर्दै पछि आफै चोरी जन्य अपराधमा संलग्न हुन थालेका हुन् ।
केही महिनाअघि राजधानीमा भएको श्रृखलाबद्ध मोटरसाइकल चोरी घटनामा संलग्न रहेका थापामगर विरुद्ध जिल्ला अदालत काठमाडौंले छुट्टा छुट्टै चोरी मुद्दामा दुई पटक सजाय फैसला सुनाएको थियो ।
२०७१ साल पुसमा १ लाख ६५ हजार जरिवाना तीन महिना कैद र २०७१ साल सोही महिनामा १ लाख ८७ हजार ९ सय नगद जरिवाना फैसला सुनाएको थियो ।
सो फैसलापछि फरार रहेका मगरलाई भक्तपुर थिमीको बोडेबाट महानगरीय प्रहरी अपराध महाशाखाले खोजी शुरु गरेको पाँचवर्षपछि पक्राउ गरेको हो ।
उनले काठमाडौंबाट चोरी गरेका मोटरसाइकलहरु रामेछापको दुर्गम ग्रामीण बस्तीमा लगेर सस्तो मूल्यमा विक्री वितरण गर्ने गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया