उपत्यकामा सक्रिय डाँका समूहका दुई सदस्य प्रहरीे नियन्त्रणमा

भक्तपुर । उपत्यकामा योजनाबद्ध ढंगले लुटपाट र डकैति गर्दै आएको एक समूहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, पक्राउ पर्नेहरुमा रामेछाप दोरम्वाका २९ वर्षीय टोकल भन्ने रोहित थापामगर र सिन्धुपाल्चोक मेलम्चीका ४२ वर्षीय अदिप भन्ने विनोद तामाङ छन् । 

योजनाबद्ध ढंगले समूहगत रुपमा लुटपाट तथा डकैति गर्दै आएको यो समूहका सदस्यहरुले प्रहरीको आँखा छल्न नाम समेत बैकल्पिक राख्ने गरेको पाइएको छ । 

यी दुईजना सूर्यविनायक नगरपालिका वडा नम्वर–८ गणेशचोकस्थित रामबहादुर तामाङको घरमा लुटपाट गरी फरार रहेका अपराधि पनि हुन् ।

महाशाखाका अनुसार, गत वर्ष माघमा यी दुईजना सहितको समूहले तामाङको सिंगो परिवारलाई नियन्त्रणमा लिइ करीव १६ लाख नगद तथा गरगहना लुटपाट गरी फरार भएका थिए । 

सो घटनामा संलग्न केही ब्यक्ति यसअघि नै पक्राउ परिसकेका छन् । यी दुईजनालाई ललितपुरको भैंसेपाटी र जावलाखेलबाट पक्राउ गरिएको हो । 

यसैबीच, सार्वजनिक यातायातका साधनहरुमा यात्रु बनेर पकेटमारी गर्ने १० जनालाई महाशाखाले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरु १६ देखि ४० वर्ष उमेरसम्मका छन् । विशेष गरी यात्रुको भिडभाड हुने सवारी साधनमा चढेर उनीहरुले नगददेखि गरगहना र मोवाइल पकेटमारी गर्ने गरेको पाइएको छ । 
                              

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?