काठमाडौं। राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पुर्ण बैठक र नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकका महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गरिएको छ ।
सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न केन्द्रीय सचिवालयको दोस्रो पुर्ण बैठक र नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकका महत्त्वपूर्ण निर्णयहरु विशेष सर्कुलर द्वारा जारी गरि सार्वजनिक गरिएको संघका प्रवक्ता महाराज गुरुङले जानकारी दिए।
संघले गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न संघको सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।
सो क्रममा १० प्रतिशत मनोनीत र ५ प्रतिशत समायोजन हुन बाँकी नेताहरुलाई समाहित गर्दै आयोजक समिति बनाएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया