यती एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगियो, सबै यात्रु सकुशल

कास्की । यती एयरलाइन्सको विमान आइतबार दिउँसो ठूलो दुर्घटना हुनबाट जोगिएको छ । 

पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा एति एयरलाइन्सको 9N एएचयु कलसाइन विमान चिप्लिएर रनवेभन्दा बाहिर गएको हो । 

विमानमा सवार सबै यात्रुभने सकुशल रहेका छन् । 

काठमाडौंबाट यात्रु लिएर पोखरा उडेको उक्त विमान अवतरण गर्नेबेला सी ट्रनिङ लिने क्रममा हाइड्रोलिक फेल भएर रनवे बाहिर गएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?