काठमाडौं । साढे ३३ केजी सुन काण्ड र सनम शाक्य हत्याको अनुसन्धान गर्नका लागि गठित विशेष अनुसन्धान समितिको म्याद दोस्रो पटक पनि थपिएको छ ।
अनुसन्धान समितिको म्याद दोस्रो पटक पुनः एक महिनाका लागि मन्त्रीपरिषद्ले थप गरेको पत्र गृहमन्त्रालयमा पुगेको हो ।
गत चैत्र १९ गते गृह मन्त्रालयका सह–सचिवल ईश्वर पौडेलको नेतृत्वमा सरकारले अनुसन्धान समिति गठन गरेको थियो ।
संगठित अपराध निवारण ऐनको परिच्छेद ४ मा भएको विशेष अनुसन्धान टोली गठन गर्न सक्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया