कुबेतमा एक नेपालीको मृत्यु

गुल्मी । वैदेशिक रोजगारीको क्रममा कुबेत पुगेका एक नेपालीको मृत्यु भएको छ ।  गुल्मीको मालिका गाउँपालिका–८, मरभुङग द्वाघासका २८ वर्षीय दान बहादुर पौडेलको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । 

केहि दिनअघिमात्रै उनकी श्रीमती दीपाले छोरीलाई जन्म दिएकोमा परिवारमा खुसीयाली छाइरहेको बेला एकाएक पौडेलको निधनले परिवार शोकमा डुबेको छ ।   

पौडेल तीन महिनाअघि मात्रै रोजगारीको सिलसिलामा कुबेत पुगेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?