कार्य सञ्चालन नियमावली पारित गर्न संघीय संसदको संयुक्त बैठक बस्दै

काठमाडाैं : संघीय संसदको संयुक्त बैठक सञ्चालन, संयुक्त समिति र संयुक्त कार्यसञ्चालन नियमावली, २०७५ पारित गर्न अाज सदनको संयुक्त बैठक बस्ने भएको छ । 

दिउँसो ४ बजेदेखि शुरू हुने प्रतिनिधीसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा विनियोजन विद्येयकमाथि समेत छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ । 

गत सोमबार नै कार्यसञ्चालन नियमावली पारित गर्ने भनिएपनि संसद बैठक नबसेपछि यो कार्यसूचीलार्इ अार्इतबार (अाज) सारिएको हो । 

बिहिबार बसेको मन्त्रीपरिषद बैठकले सदनको संयुक्त बैठक अाब्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?