बाजुरामा विजुली काटियो

बाजुरा : जिल्लाको तुसारीगार्ड लघुजलविधुत अायोजनाको मेसिनमा खराबी अाएपछि विजुली काटिएको छ । गाैमूल गाउँपालिका-२ मा रहेको यो अायोजनाको मेसिनमा खराबी अाएपछि विधुत उत्पादन बन्द गरिएको हो । 

विधुत सेवामा अवरोध अाउँदा स्थानीय २५० घरपरिवार समस्यामा परेका छन् । स्थानीय उपभोक्ता समितिसँग अायोजना मर्मतका लागि अार्थिक स्रोत अभाव भएकाले तत्कालै अायोजना सञ्चालनको सम्भावना नरहेको स्थानीयले जानकारी दिएका छन् । 

स्थानीयबासीकै लगानी र सक्रियतामा यो लघुजलविधुत अायोजना निर्माण र सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?