खुल्यो शिक्षक विज्ञापन

काठमाडौँ — अस्थायी शिक्षकको आन्तरिक परीक्षा स्थगित गरेको शिक्षक सेवा आयोगले खुलातर्फ १२ हजार ७ सय ३९ पदका लागि विज्ञापन गरेको छ । आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाका अनुसार प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमाविमा १ हजार ६ सय ३५ र माविमा १ हजार १ सय ८ संख्यामा विज्ञापन खुलाइएको हो ।

विवादित अस्थायी शिक्षकको आन्तरिक परीक्षा र खुला प्रतिस्पर्धा सँगसँगै लिने गरी विज्ञापन गरिएको आयोगले जनाएको छ । ‘खुलाको विज्ञापन भएपछि स्थगित अस्थायी शिक्षकको परीक्षा मिति पनि तोक्छौं,’ उनले भने । खुलातर्फ मावि, निमावि र प्रावि तहको परीक्षा क्रमश: आगामी असोज ११, १२ र १३ गते तोकिएको छ, अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?