काठमाडौं–छिमेकी मुलुक भारतले नेपाललाई जनकपुर र विराटनगरबाट दुईतर्फी हवाई मार्ग दिन सहमति जनाएको छ । यसअघि सिमराको आकाशबाट मात्रै विमान भित्रने गरेकोमा अब थप दुई ठाउँबाट हवाई प्रवेशमार्ग दिन भारतले सहमति जनाएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणका प्राविधिकको काठमाडौंमा सम्पन्न बिहीबार र शुक्रबारको वार्तापछि शनिबार नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । सहमतिमा हस्ताक्षरसँगै अब अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं–विराटनगर र काठमाडौं–जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइने भएको छ ।
अहिले भुटान र चीनबाहेकका मुलुकबाट नेपाल भित्रने हरेक विमानले सिमराकै रुटको आकाश मात्रै प्रयोग गरिरहेका छन् । यो सहमतिसँगै अबदेखि अन्तर्राष्ट्रिय उडान भर्ने विमानले जनकपुर र विराटनगरबाट पनि प्रवेश बिन्दु प्रयोग गर्न सक्नेछन् ।
यसका साथै नेपालको सुदूरपश्चिमी क्षेत्र महेन्द्रनगरमा पनि कम उचाइमा उड्ने विमानले दुईतर्फी रुट प्रयोग गर्न सक्नेगरी सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसैगरी, प्राधिकरणले अबदेखि काठमाडौं–महेन्द्रनगर–दिल्ली रुटलाई दुईतर्फी बनाउने सहमति भएको जनाएको छ, आजको रााजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया