लोकसेवाले स्थगित गर्‍यो सम्पूर्ण परीक्षाहरु

लोकपथ
140
Shares

काठमाडौं । कोरोना संक्रमणको जोखिम अत्याधिक मात्रामा बढेपछि लोक सेवा आयोगले सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ ।

आयोगको आज बसेको बैठकले आगामी माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि परीक्षाहरु स्थगित गरेको हो ।

देशव्यापी कोरोना सङ्क्रमण बढ्दै गएको र परीक्षार्थी तथा कर्मचारी नै सङ्क्रमित हुने क्रम बढिरहेकोले परीक्षा केही दिनका लागि सार्नुपर्ने आवाज उठेको थियो ।

आगामी माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए ।

त्यस्तै आज नै त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु समेत स्थगित भएको छ । त्रिविले आगामी माघ ९ गतेदेखि अर्को सूचना नआएसम्मका लागि सबै परीक्षाहरु स्थगित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?