पोखरा लेखनाथका प्रमुख जिसीद्वारा दुःख व्यक्त

पोखरा पोखराको मध्यभाग भएर बग्ने फिर्केखोलाको दुवै किनारमा फुटट्र्याक निर्माणको शुभारम्भ गर्ने कार्यक्रमका क्रममा भएको दुर्घटनाप्रति पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दुःख व्यक्त गर्नुभएको छ । 

फुटट्र्याक निर्माणको शुभारम्भका क्रममा असावधानीबस एक्कासि एक्साभेटरको बकेट चलेर भएको दुर्घटनाप्रति जिसीले आज प्रकाशित विज्ञप्तिमार्पmत दुःख व्यक्त गर्नुभएको हो ।

विज्ञप्तिमा घटनामा घाइते भएका पत्रकार रञ्जन अधिकारी, सन्देश श्रेष्ठ, नगरवासी गौरी पौडेल तथा केशव बरालको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । 

घाइतेलाई प्रत्यक्ष सम्पर्क गरी पछिल्लो अवस्थाबारे जानकारी लिइएको र महानगरपालिकाले आवश्यक उपचारको सम्पूर्ण व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।  

हेभी मेसिनरी औजारको प्रयोग गरी फुटट्र्याक निर्माणको शुभारम्भ गर्दा अपनाउनुपर्ने सावधानी नअपनाइएको र व्यवस्थापकीय कमजोरीले घटना घटेको स्पष्ट पार्दै विज्ञप्तिमा जिसीले नैतिक जिम्मेवारी लिएको उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?