सेती अञ्चल अस्पतालमा बिरामीको कन्तविजोग !

गगन अयडी – धनगढी उपमहानगरपालिका–७ मटियारी बस्ने रीता चौधरी छोराको उपचार गर्न सेती अञ्चल अस्पताल पुगिन् ।

छोराको हातमा समस्या भएकाले अस्पतालले १ नम्बर ओपिडि कक्षका लागि पर्चा काटिदियो । उ

नी हातमा छोरा र पर्चा बोक्दैँ ओपिडि कक्षमा पुगिन् ।

१ नम्बर बस्ने चिकित्सक नपुगेकाले उक्त कक्षमा सहयोग गर्ने व्यक्तिले डाक्टर साप अहिले आउनुहुन्छ बस्दै गर्नुहास् भनेर अगाडिको बेन्चमा बसाए ।

एक घण्टाको पर्खाइपछि डाक्टर आए सोध्पुछ गरे र हतारहतारमा पर्चामा औषधि लेखिदिएर उनी औषधि पसलमा औषधि किन्न गइन् ।

उनको एक घण्टाको पर्खाईपछि उनको पालो आयो । विरामी तथा तिनीहरुका आफन्तले भोग्नुपर्ने समस्या दैनिक जस्तै भएको छ सेती अञ्चल अस्पतालमा उपचार आउनेहरुको ।

निर्वाचन वरिपरि लोकप्रियताका लागि भए पनि छड्के निरीक्षण गर्न जनप्रतिनिधिहरु कसैले वास्ता गरेका छैनन् । ओपिडि कक्षमा विशेषज्ञ चिकित्सकबाट मात्रै उपचार गर्नुपर्ने भए पनि अधिकांसमा अहेवबाट गराउने गरेका विरामीहरुको गुनासो छ ।

प्रदेश ७ को एक महत्पूर्ण अस्पतलामा गएको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा अस्पतालमा हुने उपचारको लापरवाही गर्ने माथि सुधार गर्ने होडवाजी नै चलेको थियो । विहान १० बजे ओपिडि कक्षमा उपचार पुग्नुपर्ने भए पनि १२ बजे सम्म पनि पुगेका हुदैनन् ।

डाक्टरले समयमा नै उपचार नगराई दिँदा विहान आएको पेसेन्ट साँझ सम्म पनि फर्किन ग्रारो हुने गरेको कञ्चनपुर पुर्नवासबाट उपचार गराउन आएकी जीवन तामाङले बताइन् । उनले डाक्डर वाहिर गए पनि राउन्डीङमा गएका छन भनेर ठग्ने काम भएको आरोप लगाइन् ।

अञ्चल अस्पतालमा उपचार गर्ने अधिकांस चिकित्सकका निजी क्लिनिक भएकाले उनीहरु उतै तिर बढी व्यस्त हुने गरेका छन ।

अञ्चल अस्पताललाई कमाउने प्लेट फर्म बनाएको पनि कतिपय विरामीहरुको आरोप छ । स्वास्थ्य जस्तो संवेधनशिल चिजमा अस्पतालले लापरवाही गर्ने गरेको विरामीहरुको गुनासो छ । धेरै विरामीहरुले चिकित्सकहरुको गलत औषधि दिदाँ कतिपय अवस्थामा फिर्ता गर्नु परेको पनि गुनासो गरेका छन ।

अञ्चल अस्पतालमा कार्यरत चिकित्सक अस्पताल समयमा निजी क्लिनिकमा काम गर्ने गरेका छन । विहान १० बजे देखि एक बजे सम्म बिरामी जाँच्ने समय भए पनि चिकित्सकहरु ओपीडिमा ११ बजे सम्म पनि पुगेका हुदैँनन् ।

अस्पताल प्रशासनको चरम लापरवाहीले गर्दा चिकित्सकहरुको मनोपोलि भएको विरामीहरुका कुरुवाहरुको आरोप छ ।

अस्पताल प्रशासनले दिउँसो २ बजे देखि ३ बजे सम्म रिर्पोट हेर्ने समय छुट्याएको छ ।

यस समयमा चिकित्सकहरु निजी क्लिनिकमा बढी समय दिने गरेका छन् ।

अस्पताल प्रशासनले दिउँसो १ बजेदेखि २ बजे सम्म ओपिडी कक्षमा कार्यरत डाक्टरहरुलाई खाजा सँगै इर्मजेन्सी कक्षका विरामीलाई समेत हेर्नुपर्ने व्यवस्था गरे पनि त्यसको वेवास्ता गर्दै डाक्टरले दोहोरो फायदा उठाइरहेका हुन् ।

प्रदेश ७ को एक मात्र रिफरल अस्पतलामा चिकित्सकहरुको लापरबाहीका कारण बिरामीहरुले दुख पाउने गरेको छन ।

सेती अञ्चल अस्पतालमा राजनीतिले गर्दा चिकित्सकहरु आफ्नो मनोमानी गर्ने गरेका छन । अस्पताल समय भन्दा बढी समय आफ्नो निजी क्लिनिकमा दिने गरेको पटक पटक गुनोसो आउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?