मेसिनमा च्यापिएर मजदुरको मृत्यु

लहान : सिरहाको मिर्चैयामा रहेको जयश्री बजरंग चिप्स उद्योगका मजदुर लक्ष्मण साफीको मेसिनमा च्यापिएर मृत्यु भएको छ । 

चिप्स बनाउने क्रममा मेसिनमा च्यापिँदा ६० बर्षीय साफीको मृत्यु भएको र्इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ । 

 सिरहाको मिर्चैयास्थित चिप्स उद्योगको यन्त्रमा च्यापिएर गए राति एक कामदारको मृत्यु भएको छ । अहिले साफीको शव परिक्षणका लागि रामप्रसादउमा स्मारक अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?