नेताहरुले पाप गरे कि धर्म ?

काठमाडौं–सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको पक्षमा काम गर्न सके हिजोका सबै पाप पखालिने बताउनुभयो । चितवनको भरतपुरमा पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै उहाले महान उदेश्यका साथ पार्टी एकिकरण भएको भन्दै एकताको महासागरले सबै पखालिने र मोक्ष प्राप्त हुने बताउनु भएको थियो ।

उहाले पाप पखाल्ने कुरा गरेको भोलीपल्टै राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाई बहुमत भएको सर्वशक्तिमान वर्तमान सरकारले संविधान संशोधन नगरे पाप लाग्ने बताउनु भयो । केहि दिन अघि प्रदेश सभालाई संवोधन गर्ने क्रममा प्रधाानमन्त्री केपि शर्मा ओलीले पनि हामिहरु ऋषिमुनिका सन्तान धर्मात्मा रहेकोे भन्दै अब देश र जनताको पक्षमा काम गर्न सबै लाग्नु पर्ने बताउनु भएको थियो ।
२०४६ साल र २०६२÷६३ को जनआन्दोलन बाट प्राप्त उपलब्धी पछिकोे समयसिमा भित्र हाम्रा राजनीतिक दल र ती दलका नेताहरुले देश र जनताप्रति गरेको वाचा पुरा गर्न के कति कर्म इमान्दारीताका साथ पुरा गरे भन्नेबारे विष्लेषण गर्दा आम जनतालाई सहज ढंगले पाप र धर्म छुट्टाउन गा¥हो नपर्ला ।

अनि भविश्यमा गर्ने कामले पहिलेको पाप पखालिएला कि नपखालिएल रु नेतृत्वमा रहेका नेताहरुले ऋषिमुनिको सन्तान भएको धर्म पुरा गरे कि गरेनन् भन्ने छुट्टाउन पनि गा¥हो नपर्ला । यो तीन दशकको अवधिमा नेपालमा भएका ठुला ठुला राजनीतिक परिवर्तन के का लागि थियो र के भइरहेको छ भन्नेबारे गहन रुपमा हेर्ने हो भने पनि नेताहरुको पाप र धर्म सजिलै छुट्टाउन सकिन्छ ।

२०४६ साल पछि अहिलेसम्म राष्ट्रिय राजनीतिको नेतृत्वमा रहने दलहरु मात्र हैन धेरै जसो नेताहरु पनि यीनै हुन् जो विगतको नेतृत्वले देश र जनताको हित गर्न सकेनन् भनिरहेका छन् । ठुलो दल साना भएका छन् साना दल ठुला भएका मात्र हुन । राष्ट्रिय राजनीतिमा अहिलेसम्म यीनिहरुले नै राज गरिरहेका छन् । दलिय स्वार्थ र व्यक्तिगत स्वार्थमा एक हुने हाम्रो देशको राजनीतिक पार्टी र नेताहरु देश र जनतालाई समृद्धिको दिशा तर्फ अघि बढाउने कुरामा कहिल्यै पनि एक भएको पाइदैन । तर देश र जनताको लागि भनेर कुरा गर्न भने कहिल्यै थाक्दैनन् । आजको नेपाल समाचारपत्रले समाचार छापेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?