बाजुरा –काठमाडौंलगायत मुलुकका विभिन्न सहरमा घरेलु श्रमिक भएर काम गरिरहेका बाजुराको गौमुल गाउँपालिकाका बालबालिका घर फर्किन थालेका छन् । गौमुलका स्थानीय जनप्रतिनिधिले त्यस्ता बालबालिकालाई फर्काउन सुरु गरेका हुन् ।
अहिलेसम्म १९ बालबालिका घर फर्किएको गौमुल गाउँपालिका–४ मानाकोटका वडाध्यक्ष वीरेन्द्र रोकायाले जानकारी दिए । रोकायाले बाँकी बालबालिकालाई पनि फिर्ता ल्याउने प्रयास भइरहेको बताए । ‘गाउँपालिकाले निरन्तर ताकेता गरेपछि अभिभावकले पनि ध्यान दिलए,’ रोकायाले भने, ‘हामी बालबालिका गाउँ ल्याउँदै छौं ।’
बाजुराका बालबालिका घरेलु श्रमिकका लागि सहरमा पठाउन थालिए पछि गौमुलका जनप्रतिनिधिले गाउँगाउँ गएर त्यस्ता बालबालिकाको विवरण संकलन गरेका थिए । गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार गौमुलका दुईवटा वडाका ४३ बालबालिका अझै पनि राजधानीलगायत विभिन्न स्थानमा घरेलु कामदार छन् । गाउँपालिकाका अनुसार वडा–४ बाट २३ र ५ बाट २० जना घरेलु श्रमिक छन् ।
घर फर्किएपछि ती १९ बालबालिका अहिले विद्यालय भर्ना भएर पढ्न थालेका छन्, राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया