काठमाडौं –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट शुक्रबार बिहान ३ नेपाली श्रमिकका शव राखिएका कफिन निकालिए । कफिनमा शव थियो– भूपेन्द्र दर्लामी मगर, रामसिस मुखिया र दीपक श्रेष्ठको । कतारबाट ल्याइएका भूपेन्द्र र रामसिसको कफिन सँगै निकालिएको थियो । साउदीबाट ल्याइएको दीपकको शव रहेको कफिन भने अलि पछि निकालियो । दीपकसँगै पठाइएको जितेन्द्रप्रसाद कहरको शव बुझ्न साँझ मात्रै आफन्त विमानस्थल पुगे । कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएको छ ।
वैदेशिक रोजगार सिलसिलामा लाखौं नेपाली विभिन्न देशमा कार्यरत छन् । विभिन्न कारण विदेशमा दिनहुँ नेपालीको मृत्यु हुने गरेको छ । विमानस्थलमा दिनहुँ कसै न कसैको कफिन आइपुग्छ । शुक्रबार भने एकै दिन ४ कफिन आइपुगे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया