हाकिमलाई ‘स्वविवेक’को अधिकार, अध्यागमनमा ‘सेटिङ’

लोकपथ
0
Shares

भिजिट भिसामा खाडी मुलुक दुबई जाने र जागिर खाने नेपाली अध्यागमन विभागमा ‘स्वविवेक’को अधिकार लिएर बसेका हाकिमको पक्षपातपूर्ण व्यवहारको शिकार भएका छन् । ‘सेटिङ’ मा प्रवेश गर्नेलाई मात्र प्रस्थान अनुमतिको छाप लगाउने काम भएको पीडितहरुको गुनासो छ ।

‘मैले सबै कागजात पूरा गरेको थिएँ तर मलाई प्रस्थान अनुमति दिइएन, उस्तै कागजात बोक्ने साथीले अनुमति पायो, उसले भन्दै थियो– २०–२५ हजारको मुख नहेर, तर मैले पहिला पत्याएको थिइनँ’, पर्वतका कृपलाल जैसीले भने– फ्लाई दुबई जहाजमार्फत ३ बजे दुबई उड्न विमानस्थल पुगेको थिएँ, टीकाटालो गरेर निस्केको लाजैमर्नु भयो ।
‘पछि फेरि ऋणपान गरेर २५ हजार रुपियाँ सेटिङवालालाई बुझाएँ, सजिलै छाप लाग्यो ।’ –उनको भनाइ छ । उनी अहिले दुबईमै छन् । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?