चितवनको चुम्लिङटारमा माइक्रोबस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं । चितवनको चुम्लिङटारमा शुक्रबार बिहान सुवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । 

पोखराबाट काठमडौं तर्फ जाँदै गरेको ग१ख ७६९२ नम्बरको माइक्रोबसलाई काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना६ख ४०८३ नम्बरको ट्रकले पानीधारा भन्ने स्थानमा शुक्रबार बिहान ७ः२५ बजे ठक्कर दिँदा दुर्घटना भएको हो । 

चितवन प्रहरीका अनुसार, ३ जनाको दुर्घटनामा मृत्यु भए पनि सनाखत हुन सकेको छैन ।

घाइतेहरुको उद्धार गरेर उपचारका लागि भरतपुर ल्याइएको छ । 

घाइतेमध्ये ट्रकका चालक हेटौंडा उपमहानगरपालिका बासामाडीका सुरेश बलको मात्रै परिचय खुलेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?