वनमा निजी लगानी बढाउने कसरतमा सरकार

काठमाडौं–सरकारले वन क्षेत्रमा निजी लगानी आकर्षित गर्नका लागि कसरत गरिरहेको छ । वन बिकास र वन क्षेत्रबाट नै मुलुकको आर्थिक समृद्धि हासिल गर्नका लागि निजी क्षेत्रको सहभागिता आवश्यक रहेको भन्दै वनमा निजी लगानी बढाउने कसरतमा सरकार लागेको हो ।
अन्य क्षेत्रमा निजी लगानी बढ्ने क्रम रहे पनि वन क्षेत्रमा भने निजी लगानी कम रहेको भन्दै सरकारले निजी क्षेत्रलाई आकर्षित गर्न कसरत गरेको छ । वन क्षेत्रमा छिटो प्रतिफल नआउने, निजी आवादीका रुखहरू काट्दा पनि झन्झटिलो कानुनी प्रावधान अपनाउनुपर्दा वन क्षेत्रमा लगानी गर्न निजी क्षेत्र आकर्षित नदेखिएको हो । निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नहुनु, लगानी सुनिश्चित नहुनु, अनुदानको व्यवस्था नहुनु, बिमा नभएका कारण वनमा लगानी गर्नका लागि क्षेत्रको उत्साह कम छ ।  कारोबार दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?