दाङ : गएराति आएको हावाहुरीले यहाँका एक व्यक्तिको घर तथा व्यवसायिक फार्ममा क्षति पु-याएकोछ ।
तुलसीपुर–१० निवासी माधव केसीले सञ्चालन गरेको प्राकृतिक मह उत्पादन तथा माहुरी पालन फार्म र घरमा क्षति पु-याएको बताएको छ ।
फर्म सञ्चालन गरेको घर तथा केसीको चारकोठे घरमा लगाएको टिनको छाना उडाउनुका साथै विभिन्न सामग्रीमा क्षति पु-याएको केसीले बताए ।
उनले हावाहुरी र पानीले घर र फार्ममा गरी करीब रु १० लाख बराबरको क्षति पु-याएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया