पूर्वयुवराज पारस शाह यसरी परे ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं– पूर्वयुवराज पारस  शाह ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । अत्याधिक गतिमा रहेको उनले हाँकेको बा१४प २१३१ नम्बरको गाडीलाई सोमबार थापाथली ट्राफिकले कारबाही गरेको हो ।
जावलाखेल चोकदेखि ट्राफिक प्रहरीले उनको गाडीलाई रोक्ने  लिने प्रयास गरेको भएपनि थापाथली पुगेर मात्रै सम्भव भएको थियो  ।  ट्राफिक प्रहरीले उनको लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिएर रु  ५०० जरिवाना गराई छाडेको छ ।
पारसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले पाँच सय जरिवाना गरेको रसिद काटेको थियो । रसिदमा चालक–धनीको नाम ‘पारस विवि शाह’ उल्लेख छ । अंगरक्षकले बैंकमा पाँच सय जरिवाना तिरेर पारसको ब्लुबुक तथा लाइसेन्स फिर्ता ल्याए ।  नयाँ पत्रिकाले खबर छापेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?