काठमाडौँ – खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायन समेत मिसाइने गरेको पाइएको छ । गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक तथा ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको हो ।
काठमाडौं उपत्यकाभित्र ३० वटा दुग्ध प्रशोधन उद्योग छन् । यीमध्ये २५ वटा डेरी उद्योगका ४२ वटा ब्रान्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँचिएको थियो । तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानि पुर्याउने वासिङ सोडा र साबुन बनाइने रसायन भेटिएको हो, आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया