भाइबर, फेसबुक र ट्वीटर लगायतका समाजिक सञ्जाल मार्फत लटरी परेको भन्दै ठगी गर्ने गिरोहका चार जनालाइ पर्सा प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।
वीरगन्जको भेडियाहीमा रहेको नेशनल मेडिकल कलेज अगाडिको गढीमाइ मनि चेन्जर नजिकबाट प्रहरीले चार जनालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का अक्षय चौरसीया, वडा नम्बर १६ कै युवराज पासवान, वडा नम्बर १९ का वीर नारायण चौरसीया र वडा नम्बर २ छपकैयाका राहुल कुमार राउत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया