काठमाडौं–त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको सेमेस्टर प्रणालीको क्यालेन्डर विद्यार्थीको हातमा पुग्न सकेको छैन। जसले गर्दा विद्यार्थीले परीक्षा, भर्ना प्रक्रिया, वार्षिक बिदाका बारेमा जानकारी प्राप्त गर्न सकेका छैनन्। विश्वविद्यालयका अनुसार क्यालेन्डरअनुसार नै परीक्षा तालिकालगायतका शैक्षिक गतिविधि भइरहेको छ।
विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाले भने– ‘क्यालेन्डरअनुसार शैक्षिक गतिविधि अघि बढाइरहेका छौं। सबै संकायको परीक्षा कहिले हुने भन्ने उल्लेख छ। तर, नतिजाको बारेमा भने लेखिएको छैन।’ विश्वविद्यालयका रेक्टरको सहभागितामा क्यालेन्डर बनेको विश्वविद्यालयले बताएको छ। तर, क्यालेन्डर गुपचुपमै थन्किँदा विद्यार्थी अन्योलमा परेका छन्। विद्यार्थीले भने शैक्षिक क्यालेन्डर आफ्नो पहुँचमा नपुगेको बताएका छन्।
त्रिभुवन विश्वविद्यालयमा द्वितीय सेमेस्टर शिक्षा संकायमा अध्ययनरत विद्यार्थी कृष्ण केसीले भने– ‘शैक्षिक क्यालेन्डरको बारेमा मलाई केही जानकारी छैन। परीक्षा कहिले हुने त्यो पनि अत्तोपत्तो छैन।’ सेमेस्टर प्रणाली विद्यार्थी अनुकूल नभएको देखिएको छ, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया