तनहुँमा एक लाख ३५ हजारले लगाए कोरोनाविरुद्धको खोप

लोकपथ
70
Shares

तनहुँ । तनहुँमा हालसम्म एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन् । एक लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दश पालिकामध्ये सातवटा पालिकामा कोरोनामुक्त भएका कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिए । कोरोनामुक्त हुने एक नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।

भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी , म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिका कोरोनामुक्त भएको हुन् ।

व्यास नगरपालिकामा तीन र भानु र शुक्लागण्डकीमा एक-एकजना गरी पाँचजना सक्रिय कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए। जिल्लामा वैशाखदेखि हालसम्म १२९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?