रोजगारीका लागि विदेशिने बढे

लोकपथ
77
Shares

रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्न थालेको छ। कोरोना महमारी मत्थर हुँदै गएपछि मुख्य गन्तव्य देशबाट श्रमिकको माग आउन थालेसँगै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनको सङ्ख्या बढेको हो।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ९७ देशमा जानका लागि दुुई लाख २३ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका छन्। साउनदेखि मङ्सिरसम्मको उक्त तथ्याङ्क हेर्दा श्रम स्वीकृति लिनेको सङ्ख्या साउनदेखि क्रमशः बढ्दै गएको छ।
विभागका अनुसार आव २०७८÷७९ को यो पाँच महिनामा सबैभन्दा धेरै मङ्सिर महिनामा ७४ हजार ३५४ जना र कात्तिक महिनामा ५४

हजार ११८ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसैगरी असोजमा ३९ हजार ६७१, भदौमा ३६ हजार ४० र साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ। बिदामा आएर पुनः श्रमस्वीकृति लिनेको सङ्ख्या निकै ठूलो भएकाले रोजगारीका लागि विदेश जानेको सङ्ख्या धेरै देखिएको वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले बताए ।
विभागका अनुसार मङ्सिर महिनामा वैदेशिक रोजगारी व्यवसायी म्यानपावर) कम्पनीमार्फत ३१ हजार जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। गोरखापत्रमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?