राजधानीको चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट १६ जना बिचौलिया पक्राउ परेका छन् । यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई छिटो काम गरिदिने भन्दै अनावश्यक हैरानी दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका घर भएका सुबिन लामा, सौरब श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी, धनकुटा घर भएका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुंगाका बिरेन्द्र कटुवाल र तनहुँ घर भएका सुशान्त राज भण्डारी छन् ।
त्यस्तै मकवानपुर घर भएका विशाल लामा, रोल्पाका जिवन मगर, झापाका बिशाल मेचे, ओखलढुंगाका बिवेक न्यौपाने, ललितपुरका रुद्र बहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया