‘बीमा समितिबाट इजाजतप्राप्त’ निर्देशन पालना गर्ने सूर्या लाइफ इन्स्योरेन्स पहिलो बीमा कम्पनी

लोकपथ
98
Shares

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साइनबोर्डमा बीमा समितिको ‘बीमा समितिबाट इजाजतप्राप्त’ भन्ने वाक्यांश राख्न दिएको निर्देशन पालना गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको छ ।

सूर्या लाइफ इन्स्योरेन्सले आफ्नो केन्द्रीय–प्रदेशिक कार्यालयलगायत सम्पूर्ण शाखा उपशाखाहरुमा निर्देशनबमोजिम ‘बीमा समितिबाट इजाजतप्राप्त‘ भन्ने वाक्यांशसहितको नामपेटिका राखिसकेको जनाएको छ ।

नियमनकारी निकाय बीमा समितिको मंसिर २ गतेको पत्रबाट प्रत्येक बीमकले आफ्नो केन्द्रीय-प्रदेशिक कार्यालय लगायत सम्पूर्ण शाखा उपशाखाहरुमा साईन बोर्डमा २०७८ मंसिर मसान्तभित्र अनिवार्य रुपमा“बीमा समितिबाट इजाजत प्राप्त”भन्ने वाक्यांश राख्न निर्देशन दिएको र सोही निर्देशन बमोजिम निर्धारित अवधिभित्रै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कर्पोरेट कार्यालयको साथै सबै शाखा कार्यालयहरुमा निर्देशन बमोजिम“बीमा समितिबाट इजाजतप्राप्त”भन्ने वाक्यांश सहितको नाम पेटिका राखि सकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?