नुवाकोट कोरोना भाइरस सङ्क्रमणमुक्त

लोकपथ
175
Shares

नुवाकोट जिल्ला आजदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ । यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका विदुर नगरपालिका घर भएका दुई जना व्यक्ति सङ्क्रमणमुक्त भएसँगै नुवाकोट जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए ।

उनको अनुसार जिल्लामा यसअघि सङ्क्रमित भएका सबैजना निको भएको र नयाँ सङ्क्रमित थप नभएसँगै कोरोनामुक्त भएको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना रोग नुवाकोटमा सबैभन्दा पहिला विसं २०७७ जेठ ११ गते भित्रिएको थियो । कोरोनाको पहिलो लहर विसं २०७७ फागुन २३ गते सङ्क्रमणमुक्त भएको थियो । पुनःदोस्रो लहरको सङ्क्रमण आएसँगै विसं २०७७ चैत २४ गते जिल्लामा कोरोनाको नयाँ सङ्क्रमण देखा परेको थियो । त्यसपछि निरन्तर बढ्दै गएको रोगको सङ्क्रमणले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०० भन्दा बढीसमेत पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?