नेपाल फर्निचर तथा फर्निसिङ महासंघमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न महासंघको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको नेतृत्वमा आगामी दुई वर्षका लागि २० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल, प्रथम उपाध्यक्षमा नरेश कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा युवराज पौडेल, तृतीय उपाध्यक्षमा गोकुल श्रेष्ठ, महासचिवमा ओम बहादुर बस्नेत, कोषाध्यक्षमा बद्री प्रसाद हुमागाईँ र सचिवमा राजकुमार दाहाल र सह कोषाध्यक्षमा अप्सरा थापा निर्विरोध भएका हुन् ।
महासंघको साधारण सदस्यमा हरि कुमार शर्मा, अशोक कुमार कुँवर, खगेन्द्र खरेल, प्रेम बहादुर थापा, ज्ञान बहादुर नेपाली, लोकनाथ रेग्मी, शिव प्रसाद पाण्डे र अनीश जोशी चयन भएका छन् । एसाेसिएटतर्फको सदस्यमा अजय कुमार घिराइया र मनिष अग्रवाल चयन भएका छन भने आजीवन सदस्यको तर्फबाट ओम प्रकाश लोहिया चयन भएको महासंघले जनाएको छ ।
२ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको याे व्यवसायमा देशभर १२ हजार व्यवसायी संलग्न छन् । । वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ रहेकाे याे व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया