काठमाडौं । पछिल्लो २४ घण्टामा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको ९ हजार ६७७ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार १८० जनाको नमुना परीक्षणमा २१३ जना र एन्टीजेन विधिबाट २ हजार ४९७ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा २८३ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार ७८० पुगेको छ ।
बितेको २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया