जनगणनामा रौनियार जात सूचीकृत गरिदिन माग

लोकपथ
84
Shares

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले हालै सम्पन्न गरेको १२ औं राष्ट्रिय जनगणनामा रौनियार जातीको नाम सूचीकृत गराउने माग राख्दै आइतबार नेपाल रौनियार महासंघले केन्द्रीय तथ्यांक विभागको ध्यानाकर्षण गराएको छ ।

महासंघका केन्द्रीय महासचिव श्रवण कुमार रौनियारको नेतृत्वको टोलीले आइतबार विभागका महानिर्देशक नेबिल कुमार श्रेष्ठलाई भेटेर रौनियार सूचीकृत सम्बन्धमा ध्यानाकर्षणपत्र बुझाएको हो ।

महासचिव श्रवणले परापूर्वकालदेखिनै देशभरि करिब तीन लाखको हाराहारीमा बसोबास रहेको रौनियार जातिको हालसम्म केन्द्रीय तथ्यांक विभागले सञ्चालन गर्ने राष्ट्रिय जनगणनामा कहिल्यै सूचीकृत नगरेको अवगत गराउँदै यस पटक सूचीकृत गर्न जोडमादार माग गरेका छन् ।

उनले यस पटक घर–घरमा जनगणना गर्न आउने गणकहरुले एक जातीलाई अन्य जातिमा समावेश गर्ने भएकोले पनि अन्योल उत्पन्न गरिदिएको औँल्याए ।

‘देशभरि उलेख्य संख्यामा रौनियार जातको परापूर्वकालदेखिनै बसोबास छ । सबै आ–आफनो ब्यवसाय वा अन्या माध्यमले देशको राजश्वमा योगदान दिदै आएका छन्,’ महासचिव श्रवणले भने, ‘११ औं राष्ट्रिय जनगणनालाई नै आधार मान्ने हो भो रौनियार जातिको नेपालमा ११० वर्षको इतिहास हुन्छ । देशमा यति बाक्लो उपस्थित रहेको रौनियार जाती, जातिको सूचीमा उल्लेख नहुनुले हामी हाम्रो पहिचा तथा अवसर दुवैबाट बन्चित पारिएका छौं’, उनी थप्छन्‘संविधानले समेत रौीनयार जातिलाई पिछडिएका वर्गमा उल्लेख गरेको छ। १२औं जनगणनाबाट निष्पक्ष गणना गरी रौनियार जातलाई सूचीकृत गरी जातको कोड निर्धाण गरिदन हामीले माग गरेका हौं ।’

ज्ञापनपनत्र बुझ्दै महानिर्देशक नेविल लाल श्रेष्ठले संविधानले नै सबै जातजातिको पहिचानको नैसर्गिक अधिकार सुनिश्चित गरेको बताउँदै यस पटकको जनगणनामा प्राप्त तथ्यांक अनुसार कुनै पनि जानजातीलाई सूचीकृत हुनबाट बन्चित नपारिने दाबी गरे ।

‘विभागलाई प्राप्त तथ्यांकहरु अहिले संकलन हुदैन छ,’महानिर्देशक श्रेष्ठले भने ‘गणनाका समयमा कतिपय जातजातिहरु आफनो जातलाई नै थर भित्र नै उल्लेख गरिदिने पाइएको छ ।यसले अलि समस्या हुन्छ । अब यस पटक थुप्रै जातजातिहरु सचेत र सकृयाता जनाएर जातजाति सूचीकृत गरिदिन माग राखेका छन्। तथ्यांक इन्ट्री गर्दा जनगणना फारममा उल्लेख भएको जातजातीलाई विभागले कोडिङ गर्ने समयमा प्राप्त तथ्यांकअनुसार जात जातिहरुको कोडिङ अनिवार्य गरिनेछ ।’

उनले विभागले सर्वाजनिक गरेको तथ्यांकअनुसार हालसम्म एक सय २७ जातजाति मात्र उल्लेख रहेको देखिएको भए पनि यस पटक बढ्ने देखिएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?