भायानेटले ल्यायो सुपथ मूल्यमा फेरि अर्को उच्च स्पीडको इन्टरनेट प्लान

लोकपथ
525
Shares

काठमाडौं । नयाँ वर्ष २०२२ कोउपलक्ष्यमा भायानेटले ल्याएको छ मिनी इन्टनेट प्लानहरु, जसले थोरै इन्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान र्नेछ ।

यस मिनी प्लान अन्तर्गत, भायानेटले ल्याएको Mini-75 प्याक, जसमा वार्षिक ग्राहक बनी मात्र ८०० रुपैयाँ प्रति महिनामा ग्राहकहरुले पाउनेछन् ।

७५ एमबिपिएको सुपर–फाष्ट इन्टरनेट

नयाँ वर्षको अफरअन्तर्गत भायानेटले एनसेल सिम पनि निःशुल्क प्रदान गर्नेछ । यस सिममार्फत ग्राहकहरुले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा पाउनेछन् । त्यसैगरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउनेछन् ।

भायानेटले दुई हप्ता अघि मात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरु पनि ल्याएको थियो, जुन इन्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पीड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो । यस अल्ट्राफाई प्रोडक्ट लाइनहरुको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र १२५० रुपैयाँप्रति महिनामा १७५ एमबिपिएस इन्टरनेट प्लानका साथै २ वटासम्म भायाटिभी प्याकेजको सदस्यता निःशुल्क पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?