कोरोना अपडेट : बिहीबार २९३ जना संक्रमित थपिए, कति निको भए ?

लोकपथ
126
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको ११ हजार ६२६ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९ हजार ५१० जनाको नमुना परीक्षणमा २४१ जना र एन्टीजेन विधिबाट २ हजार ११६ जनाको परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा २६३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ९ हजार ९२२ पुगेको छ ।

बितेको २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?