काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मतदान सुरु भएको छ । मतपत्र छपाइमा भएको ढिलाइका कारण बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान साढे ३ घण्टा ढिला गरी सुरु भएको हो ।
कांग्रेसको यो निर्वाचनमा देशभरबाट आएका ४ हजार ७ सय ५५ महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन् । कांग्रेसको महाधिवेशन स्थल भृकुटी मण्डप र निर्वाचनस्थल राष्ट्रिय सभागृह तोकिएको कारण उक्त क्षेत्रवरिपरि बाक्लो भिड लागेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया