प्रतिस्पर्धाबाट बाहिरिएपछि रामचन्द्रसँग देउवाको त्यो भेट

लोकपथ
287
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् ।

सभापतिका उम्मेदवारी दर्ता गरेपछि शनिबार साँझ प्रधानमन्त्री समेत देउवा पौडेललाई उन निवास बोहोराटारमा पुगेका थिए ।

पौडेलको सचिवालका अनुसार भेटमा देउवाले उनलाई राजनीतिबाट बाहिर हुने कुरा नगर्ने आग्रह गरेका थिए । राष्ट्रका लागि पौडेलको आवश्यकता रहेको देउवाल नभनेका थिए ।

आफ्नो सिद्धान्त र आदर्शविपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट आफू बाहिरिएको पौडेले बताएका थिए ।

उनले देउवालाई स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए । पौडेलले १४औं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?