देउवाको प्रस्तावक खाँण, समर्थक सिटौला

लोकपथ
7
Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा मनोनयन दर्ता गरेका छन् ।

पार्टीको जारी १४औं महाधिवेशनमा देउवाले पुनः सभापतिका लागि उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण छन् भने सर्मथकमा कृष्णप्रसाद सिटौला छन् ।

देउवा प्यानलवाट महामन्त्रीमा पूर्णबहादुर खड्का र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिमा भने विजय गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?