काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाका दुई विद्यालय भवनहरुको उद्घाटन भएको छ ।
भारत सरकारको ३ करोड ६० करोड लाख आर्थिक सहयोगमा दार्चुलाको श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमूना माध्यमिक विद्यालय भवनहरुको उद्घाटन भएको हो ।
भारतीय राजदूतावासका नियोग उपप्रमुख श्रीमती नामग्य सी. खम्पा, जिल्ला समन्वय समितिदार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

यस नवनिर्मित भवनले ग्रामीण क्षेत्रको सिकाइ वातावरणलाई सुधार गर्नुका साथै सो जिल्लाको शैक्षिक विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुरुप यी परियोजनाहरुलाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’का रुपमा अघि बढाइएको हो । यी परियोजनाहरुको कार्यान्वयन क्रमशः जिल्ला समन्वय समिति, दार्चुला र महाकाली नगरपालिका दार्चुलाले गरेका हुन् ।

२००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । हालसम्म ४५९ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये दार्चुला जिल्लाका ६ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा रहेका छन् ।
उल्लिखित परियोजनाका अतिरिक्त भारतीय राजदूतावासले दार्चुला जिल्लाका विभिन्न स्वस्थ्य चौकी तथा गैरसरकारी संस्थालाई पाँच वटा एम्बुलेन्स र एउटा स्कुलबस उपहारस्वरुप प्रदान गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया